लुम्बिनीका राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा

राम्रो अनलाइन     १८ असार २०७८, शुक्रबार
लुम्बिनीका राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।

उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।

प्रतिक्रिया