गठबन्धन बैठक : शीर्ष नेताले मन्त्रालय बाँडफाँटको टुंगो लगाउने 

राम्रो अनलाइन     १३ साउन २०७८, बुधबार
गठबन्धन बैठक : शीर्ष नेताले मन्त्रालय बाँडफाँटको टुंगो लगाउने 

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ ।

एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो ।
बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया