लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन भदौ १ गते सुरु हुने 

राम्रो अनलाइन     ३० साउन २०७८, शनिबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन भदौ १ गते सुरु हुने 


रुपन्देही, ३० साउन : लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । 

प्रदेशमा संविधानको धारा १६८९२० बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आँकलन गरिएको छ ।
 

प्रतिक्रिया