कांग्रेस सांसद जिपछिरिङ लामाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

राम्रो अनलाइन     ०८ मंसिर २०७८, बुधबार
कांग्रेस सांसद जिपछिरिङ लामाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं– नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४औँ महाविधेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उनले बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विसं २०३८ देखि राजनीतिमा प्रवेश गरेका लामा यसअघि कांग्रेसको दुई पटक पार्टीको केन्द्रीय सदस्य र दुई पटक सांसद भएको अनुभव छ ।

सामाजिक सेवामा समर्पित सांसद लामा नेपाल निर्माण व्यवसायी महासङ्घको पूर्वअध्यक्षसमेत हुन् । उनी कांग्रेसले महाधिवेशनलाई सफल बनाउन गठन गरेको आर्थिक समितिको सदस्यसमेत छन् । सांसद लामाले गोरखा भूकम्पका बेला पीडितलाई गरेको सहयोग, जिल्लाको विकास निर्माण, धार्मिक तथा सांस्कृतिक र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण सहयोग गरेका छन् । कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । 
 

प्रतिक्रिया