काठमाडौं–सभामुख देवराज घिमिरेले बोल्न नदिएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमा कपडा खोलेर विरोध जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै उनले आकस्मिक समयमा बोल्नका लागि सभामुखसँग समय माग गरेका थिए ।
सभामुखलले संसद् नियमावलीको कारण देखाउँदै अमरेशलाई बोल्न नदिने बताए । त्यसपछि अमरेशले शुरूमा सर्ट खोलेका थिए । त्यसलगत्तै उनले भित्री वस्त्र (सेन्डो) समेत खोले । सभामुखको कार्यशैलीको विरोधमा सांसदले कपडा खोलेको यो पहिलो घटना हो । यसअघि पहिलो संविधानसभामा सांसद विश्वेन्द्र पासवानले कपडा च्यातेका थिए ।