इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को लागि नेपालका ८ खेलाडी अक्सनमा परेका छन्। आईपीएलले शुक्रबार सार्वजनिक गरेको अक्सनमा दर्ता भएको खेलाडीको संख्यामा ८ नेपाली परेका हुन्।
नेपालबाट अक्सनका लागि दर्ता भएका खेलाडीहरू सन्दीप लामिछाने, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अभिनाश बोहोरा र दीपेन्द्रसिंह ऐरी हुन् ।
यसबाहेक अफगानिस्तानबाट ३०, अस्ट्रेलियाबाट ४२, बंगलादेशबाट ५, इङ्ग्ल्याण्डबाट २१, आयरल्याण्डबाट २, नेदरल्याण्डबाट १, न्युजिल्याण्डबाट २९, स्कटल्याण्डबाट ७, साउथ अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, यूएईबाट ९, युएसएबाट २, वेस्टइण्डिजबाट ५६ र जिम्बावेबाट २ जना खेलाडी अक्सनका लागि दर्ता भएको छन्।
अक्सन १८ फेब्रुअरीमा चेन्नाइमा हुनेछ।