काठमाडाैं– नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघाखोकीलगायत समस्या देखिएपछि बुधबार (माघ १४) उनलाई काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
‘चिसोका कारण खोकी, कफले गर्दा समस्या भएपछि अस्पताल भर्ना हुनुभएको हो । स्वास्थ्य अवस्था सामान्य छ,’ नेकपाका नेता रामकुमार भट्टराईले बताए ।