बलिउड स्टारलाई उनीहरूका प्रशंसक मन पराउँछन्, फलो गर्छन्। कतिपयले स्टारलाई आफ्नो ‘क्रस’ मान्छन्। प्रशंसकले मन पराएका ती कलाकारले पनि कसैलाई मन पराएका हुन्छन्। आफ्ना क्रस मानेका हुन्छन्।
आलिया भट्ट
अभिनेत्री आलिया भट्टका लाखौँ प्रशंसक छन्। उनलाई मन पराउने लाखौँ छन्। अहिले उनी अभिनेता रणवीर कपुरसँग प्रेम सम्बन्धमा छिन्। आलियाका क्रस हुन्, अभिनेता शाहिद कपुर। शाहिदको फिल्म ‘इश्क विश्क’ देखि उनलाई मन पराउँदै आएकी छिन्।
सलमान खान
बलिउडका ‘दबंग भाइजान’ सलमान खानलाई देशविदेशमा लाखौँले मन पराउँछन्। थुप्रै महिलाका उनी क्रस हुन्। तर, सलमानकी क्रस हुन्, बलिउडकी ‘ड्रिम गर्ल’ हेमा मालिनी। पहिले उनी रेखालाई मन पराउँथे, पछि हेमालाई पछ्याउन थाले।
रणवीर कपुर
अभिनेता रणवीर कपुरका थुप्रै डाई हार्ड फ्यान छन्। उनका पुरुषभन्दा पनि महिला प्रशंसक बढी छन्। धेरैले उनलाई क्रस मान्छन्, तर रणवीर बलिउडकी ‘धकधक गर्ल’ माधुरी दीक्षितलाई आफ्नो क्रस मान्छन्। उनी माधुरीका ठूला प्रशंसक हुन्। धेरै अन्तर्वार्तामा उनले माधुरीलाई आफ्नो पहिलो प्रेम भन्ने गरेका छन्। माधुरीको बिहे हुँदा आफू धेरै दुःखी भएको समेत उनले बताएका थिए।
रकुलप्रीत
दक्षिण भारतीय फिल्मबाट करिअर सुरु गर्दै बलिउडमा प्रवेश गरेकी अभिनेत्री रकुल प्रीत अभिनेता रणवीर सिंहकी फ्यान हुन्। फिल्म ‘दे दे प्यार दे’ मा अजय देवगनसँग देखिएकी उनी रणवीरलाई आफ्नो क्रस मान्छिन्। रणवीरले दीपिकासँग बिहे नगरेको भए आफूले उनीसँग बिहे गर्नेसमेत रकुलले भन्दै आएकी छिन्। रणवीरको ऊर्जाले आफूलाई प्रभावित गरेको उनले बताएकी छिन्।