नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित

राम्रो अनलाइन     १२ मंसिर २०७८, आइतबार
नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित

झापा– नेपाली कांग्रेस झापाको सभापति पदमा देउकुमार थेवे निर्वाचित भएका छन् । थेवेले एक हजार ७६५ मत प्राप्त गर्दै आफ्ना प्रतिूपर्धी राम कट्टेललाई पराजित गर्नुभयो । कट्टेलले एक हजार ५१५ मत प्राप्त गरे ।
    
थेवे र कट्टेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । निर्वाचनको पछिल्लो मत परिणामअनुसार थेवे नेतृत्वको टिमले नै जित हासिल गरेको हो । मत परिणामअनुसार उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई एक हजार ६७४ र केशवराज पाण्डे एक हजार ८८९ मत पाएर निर्वाचित भए ।

कट्टेल प्यानलबाट उम्मेद्वार बन्नुभएका प्रेम सम्वाहाम्फे लिम्बूले एक हजार ४७५ र शम्सेर गिरी ‘केदार’ ले एक हजार २२१ मत प्राप्त गरे । सचिवमा नविन विमली एक हजार ८३८ र कृष्ण हुँमागाईंले एक हजार ६७६ मत प्राप्त गर्दै  निर्वाचित भए । कट्टेल प्यानलबाट सचिव पदको उम्मेद्वार बन्नुभएका टुमलाल राजवंशीले एक हजार ३२१ र विश्वदीप लिङ्देनले एक हजार ४३१ मत प्राप्त गरे ।

सहसचिवमा कमल भण्डारीले एक  हजार ७६० र कालेन्द्र राजवंशीले एक हजार ७६५ मत प्राप्त गरे । उनीहरुका निकटतम प्रतिस्पर्धी उमाराम प्रसाईंले एक हजार ३३७ मत र पदम लिम्बूले एक हजार ३४७ मत प्राप्त गरे ।

प्रतिक्रिया