रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राम्रो अनलाइन     १० साउन २०८१, बिहिबार
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ। आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाले उपसभामुख इन्दिरा राना मगरका विषयमा पनि छलफल गर्ने एक नेताको भनाइ छ।  रानामगरले ५ नेपालीलाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन्। रास्वपाबाटै उपसभामुख चुनिएका उनको पार्टीले बचाउ गर्दै आएको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखमाथि राजीनामाको माग गरेका छन्।

प्रतिक्रिया