शुक्रबारबाट चलचित्र ‘चित्रा’ प्रर्दशन हुँदै

राम्रो अनलाइन     २४ पुस २०८०, मङ्गलबार
 शुक्रबारबाट चलचित्र ‘चित्रा’ प्रर्दशन हुँदै

काठमाडौँ –नेपाली फिल्म ‘चित्रा’ प्रिमियर गरिएको छ । सोमबार  साँझ काठमाडौँको बिग मुभिजमा आयोजित प्रिमियरमा फिल्मकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । 

फिल्मको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित थिए।

घनश्याम लामिछाने निर्देशित फिल्म पुस २७ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । बाबु र छोरीको विषयमा निर्माण भएको फिल्ममा सन्तोष अधिकारी, प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ । 

महेश पौडेलको छायाङ्कन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत र मनिष गौतमको पटकथा एवं संवाद छ । आशिष थापा मगर  निर्माता, सन्तोष अधिकारी कार्यकारी निर्माता रेको फिल्म नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अस्ट्रेलियाको अधिकार अविनाश रोका मगरले लिएका छन् ।

प्रतिक्रिया