थप ५७ वटा हिमाल आरोहणका लागि खुला

राम्रो अनलाइन     २२ असोज २०८१, मङ्गलबार
थप ५७ वटा हिमाल आरोहणका लागि खुला

 

काठमाडाैं – मन्त्रिपरिषद्को बैठकले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । 

उनले भने, ‘बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरुको आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया