हान्झाउ–तीन वर्षपछि जापानमा भेट्ने वाचासहित १९औं एसियाली खेलकुद (एसियाड) को आइतबार भव्य समापन भएको छ । हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो । बिग लोटस स्टेडियममा करिब दुई घण्टा चलेको समारोहमा विभिन्न प्रस्तुति समेत भएको थियो । २०२६ मा हुने २०औं संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तानतरण गर्दै १९औं एसियाड समापन भएको हो





